२०७९ श्रावण २४ , मंगलबार

ट्याक्टरबाट लडेर एकको मृत्यु

सुनाखरी न्युज/ झापा- अर्जुनधारा नगरपालिका-५ ओम चोकस्थित सडकमा प्रदेश १-०२-००३ त २१०९ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार सोही नगरपालिका-१ बस्ने अर्जुन दासको छोरा १४ वर्षीय पुनित दासको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

 

ट्याक्टर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।