२०७९ भदौ १ , बुधवार

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

सुनाखरी न्युज/ उदयपुर – उदयपुरको उदयपुरगढी गाउँपालिका- ५ मा मंगलवार बिहान भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

 

उदयपुरगढीबाट गाईघाट तर्फ आउदै गरेको ना ३ ख ७९४४ नम्बरको गाडीमा सवार रहेका स्थानीय ५० बर्षीय कृष्ण बहादुर राई गाडीबाट झर्नलाग्दा लडी सोही गाडीको पछाडीको चक्काले किच्दा घटनास्थलमानै मृत्यु भएको थियो ।

 

घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी उदयपुरबाट प्रहरी टोली खटी लाशलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल उदयपर पठाएको थियो भने सवारी चालक रौतामाई गाउँपालिका-७ का ४० बर्षीय राजन कुमार राउतलाई अस्थाई प्रहरी पोस्ट नेपालटारले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको छ ।