२०७९ श्रावण २७ , शुक्रवार

बसबाट झर्ने क्रममा लडेर मृत्यु

सुनाखरी न्युज/ उदयपुर – उदयपुरगढी गाउँपालिका-५ स्थित सडकमा ना.३ ख ७९४४ नम्बरको बसबाट झर्ने क्रममा लडेर सोही ठाउँ बस्ने ५० वर्षीय कृष्ण बहादुर राईको मंगलबार बिहान मृत्यु भएको छ ।

 

 

उक्त गाडीबाट झर्नेक्रममा लडेर सोही गाडीको चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । गाडी चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।