२०७९ श्रावण २४ , मंगलबार

कामना सेवाले गर्‍यो करिब १ अरबखुद सञ्चालन आम्दानी

सुनाखरी न्युज/ काठमाडौं – कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७८–७९ को दोस्रो त्रैमासिकमा सोही वर्षको खुद सञ्चालन आम्दानीको तुलनामा २१ प्रतिशतको वृद्धि दरका साथ करिब १ अरब खुद सञ्चालन आम्दानी गरेको छ ।

 

 

यो त्रैमासिक सम्ममा (गतवर्ष करिब २० करोडको हाराहारीमा रहेको) शून्य गैर सञ्चालन आम्दानी भए पनि कर पछिको नाफा (पीएटी) करिब १२ प्रतिशतले मात्रै घटेको छ । बैंकको निक्षेप ४८.९२ अरब पुगेको छ भने कर्जा ४४.९० अरब पुगेको छ जुन तत्कालको आर्थिक वर्षको तुलनामा क्रमशः १०.६९% र १०.९८% ले बढेको हो । बैंकको पुँजी पर्याप्तता अनुपात १२.३२%कायम गरेको छ भने प्रति शेयर आम्दानी २१.८७र हेकाछ। बैंकको हालको चुक्तापूँजी ३.१४ अरब र जगेडा कोषमा ९.६७ करोड रहेको छ। साथै निष्कृय कर्जा अघिल्लो त्रैमासिकमा १.७९% रहेकोमा यस त्रैमासिक सम्ममा १.७७%मा घटेको छ। त्यस्तै, बैंकको पीई रेसियो २५.७४, प्रति शेयर नेटवर्थ १३३.०२ र आधार दर ९.२७% छ।