सुनाखरी न्युज/ काठमाडौं – काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाएका छन् ।
देशव्यापीरुपमा बढ्दै गएको कोरोना सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै मन्दिर दर्शन र पूजाआजा अस्थायी रोक लगाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिनुभयो । यसैगरी, माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड (मोबाइलमा फोटो भएपनि हुने) अनिवार्य गर्ने निर्णय पनि तीनै प्रमुख जिल्ला अधिकारीहरुले गरेका छन्।
नियम माघ मसान्तसम्म लागू हुने जानकारी दिइएकाे छ ।