सुनाखरी न्युज/ काठमाडौं – सत्तारुढ दलहरुको गठबन्धनले स्थानीय तहको चुनाव आगामी वैशाखमै गर्ने सहमति गरेको छ । निर्धारित समयमै चुनाव गर्न दलहरु सहमत भएको बताइएको छ ।
आज (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले वैशाखमै चुनाव गराउने सहमति गरेको हो ।
बैठकले संविधानको व्यवस्था अनुसार नै वैशाखमै चुनाव गर्नेमा सहमति जुटाएको हो । आउँदो बिहीबार बस्ने सत्ता गठबन्धनका मुख्य नेताहरुको अर्को बैठकले चुनावको मिति समेत तय गर्ने निर्णय भएको जनाइएको छ।