२०७९ श्रावण २७ , शुक्रवार

बालविवाह मुद्दामा पाँचजनालाई कैद

सुनाखरी न्युज/ दमौली –  बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँचजनालाई कैद र जरिवानाको फैसला सुनाएको छ ।

 

 

जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको सोमबारको इजलासले बालविवाह मुद्दामा पाँचजनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो । साथै, उनीहरूलाई जनही पाँच/पाँच हजार रुपैयाँ जरिवानाको फैसला भएको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए ।

 

उनका अनुसार गोरखाको सहिद लखन गाउँपालिका–३ का भानुभक्त अर्याल, सोही ठाउँका सन्तोष अर्याल, व्यास नगरपालिका–११ का विष्णुप्रसाद भट्टराईलाई कैद र जरिवानाको फैसला भएको छ । दुईजनाको नाम भने खुलाइएको छैन । प्रहरीले गत असार ३१ गते बालविवाह मुद्दा दर्ता गरेको थियो । रासस