२०७९ श्रावण २३ , सोमवार

आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

सुनाखरी न्युज/ धनुषा – नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले आज प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ ।

मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले आजका लागि सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।