२०७९ श्रावण ३० , सोमवार

नेपाल बङ्गलादेश बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भुपेन्द्र पाण्डेलाई

सुनाखरी न्युज/ काठमाडौं – नेपाल बङ्गलादेश बैंकको सञ्चालक समितिको बैठकले बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत दिएको जानकारी गराएको छ ।

 

बैंकिङ्ग क्षेत्रमा २० बर्षको लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सिइओ पदमा कार्यरत रहेको बैंकले जनाएको छ । पाण्डे Fellow Chartered Accountant (FCA) हुनुका साथै उहाँले बाणिज्य शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा ATM बाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।