२०७९ श्रावण ३० , सोमवार

नेप्सेमा शोमबार पनि २०.६४ अंकको वृद्धि

nepse high

सुनाखरी न्युज/ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से २०.६४ अंकले बढेर दुई हजार ९ सय ४७ दशमलब ३८ विन्दुमा पुगेको हो ।

 

त्यस्तै, आज कारोबार रकममा भने घटेको छ । आज ७ अर्ब ९० करोड १८ लाख बराबरको कारोबार भएको छ । आइतबार ९ अर्ब ६७ करोड ६३ लाख बराबरको कारोबार भएको थियो । नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा मध्यभोटेकोशी जलविद्युत कम्पनी रहेको छ ।

 

यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ४५८ रुपैयाँ पुगेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुणभ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ४४ करोड ५४ लाख भन्दा बढीको कारोबार भएको छ ।