२०७९ श्रावण २७ , शुक्रवार

रा.वा.बैंकको ५७औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई सहुलियत प्रदान

सुनाखरी न्युज/ काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७औँ वार्षिकोत्सवको अवसरमा आफ्ना सम्पूर्ण ग्राहकहरुको लागि मोवाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशन सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्ने भएको छ ।

 

 

बैंकले वार्षिकोत्सवको अवसरमा २०७८ माघ १ गते देखी चैतमसान्तसम्म लागू हुने गरी मोवाइल बैंकिङ, डेविट कार्ड, क्रेडिट कार्ड दर्ता तथा लकर शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । साथै, डिम्याट रजिष्ट्रेशन शुल्कमा १०० प्रतिशत छुट गर्ने निर्णय बैंकले गरेको छ । आगामी माघ १० गतेबाट राष्ट्रिय वाणिज्य बैंक ५६ वर्ष पूरा गरी ५७औँ वर्षमा प्रवेश गर्दै छ । बैंकको हाल ७७ जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।