२०७९ श्रावण २५ , बुधवार

मुलुकभर थप ४ हजार ९६१ जनामा कोरोना पुष्टि, तीनको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं – पछिल्लो एक सातायता नेपालमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा थप ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर १५ हजार १३१ जना नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा ४ सय ३५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार थप तीन संक्रमितको मृत्यु भएको छ । मुलुकभर हाल २५ हजार ६८० जना संक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।