२०७९ श्रावण २५ , बुधवार

बैंक अफ काठमाण्डूको गैरआवासीय नेपालीहरुलाई लक्षित निक्षेप खाता

सुनाखरी न्युज/ काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपाली महानुभावहरुको लागि बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके एनआरएन निक्षेप खाता सार्वजनिक गरेको छ ।

 

विदेशमा बसि आफ्नो परिश्रम गरि आयआर्जन गरिरहनुभएका ग्राहक महानुभावहरुलाई आफ्नो मातृभूमीमा रहेको यस बैंकमा खाता खोली उच्चतम् प्रतिफल लिनुहुन बैंकले अनुरोध गरेको छ । गैरआवासीय नेपाली महानुभावहरुले यस बैंकमा USD, EUR, GBP, AUD, CAD,तथा JPY मुद्राहरुमा बैंक खाता खोल्न सक्नुहुनेछ । यस बैंकमा एनआरएन निक्षेप खाता खोल्दा गैरआवासीय नेपाली महानुभावहरुले अधिकतम् ५.५% सम्मको वार्षिक ब्याजदर पाउनुहुनेछ । साथै, गैरआवसीय नेपाली महानुभावहरुले यस निक्षेप खाता खोल्नु भएमा बैंकले विशेष बैंकिङ्ग सेवा तथा विदेशी विनिमय कारोबारमा आकर्षक विनिमय दरको लाभ लिनसक्नुहुनेछ ।

 

बैंकले सार्वजनिक गरेको उक्त निक्षेप खाताले विदेशमा रहनुभएका गैरआवासीय नेपाली महानुभावहरुले आर्जन गर्नुभएको रकमको उच्चतम् प्रतिफलका साथै मातृभूमीमा सहज बैंकिङ्गको अनुभव लिन पाउनुहुने विश्वास बैंकले लिएको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९४ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।