२०७९ श्रावण २५ , बुधवार

अजोड इन्स्योरेन्सको घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं – अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा पर्वत जिल्लाको जलजला गाऊपालिका वडा नं. ७,धाइरिङमा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ ।

 

जलजला गाऊपालिका वडा नं. ७ का वडा अध्यक्ष टुङ्गनाथ आचार्यको प्रमुख आतिथ्यमा संचालित कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेडपर्वत शाखाका प्रमुख बिक्रम ढुंगानाले गर्नु भएको थियो ।

 

कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेलले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पार्नु भएको थियोर सो कार्यक्रममा धाइरिङका कृषकहरु, अजोड इन्स्योरेन्स लिमिटेडका बजार विभागका नायब प्रवन्धक यादव प्रसाद पाठकका साथै पशु सेवा शाखाका प्रविधिक नारायण आचार्यको उपस्थिति रहेको थियो ।