२०७९ श्रावण २७ , शुक्रवार

सवारी दुर्घटना २ जनाको मृत्यु

सुनाखरी न्युज/  झापा – झापाका दुई छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

 

शनिवार राती पौने ९ बजेको समयमा झापाको मेचीनगर नगरपालिका-९ मा दक्षिणबाट उत्तर तर्फ जादै गरेको ज.५ प १७३१ नम्बरको मोटरसाईकलले बाटोमा हिडि रहेका पैदल यात्री स्थानीय ५४ बर्षीय करण बहादुर खडकालाई ठक्कर दिंदा खड्का घाईते भएका थिए । घाईतेलाई उपचारको लागी B&C अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

 

यसैगरी झापाकै बाह्रदशी गाउँपालिका-६ मा शनिवार साँझ मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । राजगढबाट चारपाने तर्फ आउदै गरेको प्रदेश १-०१-०१४ प ९५३९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित दुर्घटना हुँदा घाईते भएका बिर्तामोड-६ का २० बर्षीय अभिसेक सुन्दासको उपचारको क्रममा B&C अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।