२०७९ श्रावण २३ , सोमवार

खोलाले बगाई १ जनाको मृत्यु

सुनाखरी न्युज/ पाँचथर – पाँचथरको तुम्बेवा गाउँपालिका-१ रातमाटेका २९ बर्षीय इन्द्र बहादुर बुढाथोकीको खोलाले बगएर मृत्यु भएको छ । शनिवार बिहान तमोर खोलामा नुहाउन गएका बुढाथोकीलाई अचानक खोलाले बगाउँदा बेपत्ता भएका थिए ।

घटनाको जानकारी पाए लगत्तै खोजतलासको लागी अस्थाई प्रहरी चौकी नयाँखोलाबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीहरु समेतको सहयोगमा खोजतलास गर्ने क्रममा बगाएको स्थान भन्दा ४ किलोमिटर तल बुढाथोकीको शव फेला परेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।