२०७९ श्रावण २७ , शुक्रवार

कांग्रेस मुलुकको जिम्मेवार लोकतान्त्रिक पार्टी : कांग्रेस नेता किरण गिरी

सुनाखरी न्युज/ काठमाडौं – नेपाली कांग्रेसका नेता पुर्ब केन्द्रीय सदस्य एबं महासमिति सदस्य किरण गिरीले कांग्रेस मुलुक को जिम्मेवार लोकतान्त्रिक पार्टी भएको कुरा बताउनु भएको छ ।

 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल मेरो देश , मेरो कांग्रेस । महामानव बिश्वेश्वर प्रसाद कोइरालाको आदर्श , गणेशमान जी को त्याग , सुबर्ण सम्शेर को उदारता , किसुन जी को इमानदारीता र सहासिक दुरगामी अठोट एब निर्णय क्षमताका धनी गिरिजाप्रसाद कोइरालाको ओजपुर्ण गौरबमय इतिहासले भरिएको देशको सबैभन्दा बलियो लोकतान्त्रिक पार्टी हो , नेपाली कांग्रेस ।

 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान निर्माणमा नेतृत्वदायी भुमिका निभाएको र सुशील कोइरालाको अभिभावकत्वमा ३ असोज ,२०७२ मा रास्ट्रपति डा. रामबरण यादव द्वारा संबिधान घोषणा गर्ने पार्टी हो , नेपाली कांग्रेस । आज पार्टी सभापति एबं प्रधानमन्त्री शेर बहादुर देउवा को सालिनता , उदारता र सबैलाई समेटेर अगाडि बढ्न सक्ने लचिलो दृष्टिकोण तथा क्षमताका कारण ९ लाख क्रियाशील सदस्यहरुको आफ्नो पार्टी भएको छ , नेपाली कांग्रेस ।