२०७९ भदौ १ , बुधवार

बतास अर्गनाईजेशनले दियो सञ्चारमाध्यमहरुलाई धन्यवाद

सुनाखरी न्युज/ काठमाडौं – बतास अर्गनाईजेशनले नेपालका सञ्चारमाध्यमहरुलाई धन्यवाद ज्ञापन गरेको छ । अर्गनाइजेशनले आफ्नो संस्थाप्रति लक्षित सुनियोजित आक्रमणको सारथि बनेर ७ बुंदे प्रष्टिकरणको सार्वजनिक करणमा सहयोग गर्ने सबै सञ्चारमाध्यमहरुलाई कृतज्ञता व्यक्त गरेको हो ।

आज एक विज्ञप्ती जारी गर्दै अर्गनाइजेशनले बदनाम गर्ने उद्देश्यले उठाइएका सबै प्रश्नहरु बारे प्रतिक्रिया सार्वजनिक गरेपछि सबैलाई क्षणभरको लागि भ्रममा राख्न सकिन्छ तर सधैको लागि ढाट्न सकिदैन भन्ने तथ्य फेरी एक पटक स्थापित भएको जनाएको छ ।

विज्ञप्तीमा सत्यको पुनस्थापनामा आम सञ्चारमाध्यमले पुर्याएको योगदानको सधै अर्गनाइजेसन ऋणि रहने पनि उल्लेख गरिएको छ । संयम, धैर्यता, इमानदारिता नै सबै प्रकारका समस्याबाट बाहिर निस्कने शक्तिको स्रोत भएको अर्गनाइजेशनको ठहर छ ।

 

विभिन्न सञ्चारमाध्यम तथा शुभेच्छुक प्रति बतास अर्गनाईजेशनको धन्यवाद

विज्ञप्ति
बतास अर्गनाईजेशनलक्षित सुनियोजित आक्रमणको सारथिबनेको भनेर हामीले नेपालकाआम सञ्चार मध्यमप्रति गरेको गुनासोप्रति सञ्चार माध्यमले देखाएको सदा सहयताको लागिहामीआभारी छौँ। हाम्रो ७बुँदे प्रष्टीकरणको सार्वजनिक करणमा नेपालका सबै प्रकारका सञ्चार माध्यमहरूले गरेको सहयोग प्रति कृतज्ञता व्यक्तगर्न यो धन्यवादपत्रतयार गरिएको हो।

हामीले आफ्नातर्फबाट हामीलाई बदनामगर्ने उद्देश्यले उठाइएका सबै प्रश्नहरूबारे प्रतिक्रिया सार्वजनिक गरेपछि सबैलाई क्षणभरको लागिभ्रममा राख्न सकिन्छ तर सबैलाई सँधैको लागि ढाँट्न सकिँदैन भन्ने तथ्य फेरी एक पटक स्थापितभएको छ। यो सत्यको पुनर्स्थापनामाआम सञ्चार माध्यमले पु¥याएको योगदानहाम्रालागीअपार छ। तपाई वास्तविक सञ्चारकर्मीहरूको यो सहयोगप्रतिबतास अर्गनाईजेशन सदैव ऋणी रहने छ।

हामीलाई प्रतिनिधिबनाएर नेपालको समग्र निजी क्षेत्रलाई हतोत्साहितपार्ने नेपालको आर्थिक विकास र प्रगति बिरोधीहरुको योजनाप्रति सजग रहँदै त्यसको प्रतिकार गर्ने र यो अर्गनाईजेशनको मानमर्दनलाई समग्र निजी क्षेत्र माथिको आक्रमणको रूपमालिएर आफ्नो स्पष्ट असन्तुष्टि व्यक्तगर्ने नेपालउद्योग वाणिज्य सङ्घ, पोखरा उद्योग वाणिज्य सङ्घलगायतका नेपालीउद्योगी÷व्यवसायीका छाता सङ्गठनहरूको नेतृत्वमा रहनु भएकाव्यक्तित्वहरूको अमूल्यबचनहरू हाम्रालागि सञ्जीवनी साबित भएका छन्। उहाँहरूको साथ र हामीप्रतिको भरोसाकालागिआभार व्यक्तगर्न चाहन्छौँ।

हाम्रो व्यवशायिकजीवनमा मै सर्वाधिक कठिन परिस्थितिका रूपमा देखा परेकाहालैका केहीदिनहरूमाहामीलाई अविचलित रहन र सत्य, न्याय र कर्ममाविश्वास गरेर सुखदबिहानीको प्रतीक्षागर्न सुझाव, हौसला र सल्लाहदिने विभिन्नतह, तप्का र वर्गका सम्पूर्ण व्यक्तित्वहरू, व्यावसायिकमित्रहरु, शुभचिन्तक साथीहरु, सरकारी कर्मचारीहरु, आध्यात्मिक र कर्मशीलनयाँ पिढीहरु, बतासकाकर्मचारीहरु र पत्रकार मित्रहरुको शुभेच्छा हाम्रा प्रेरणाको स्रोतका रूपमा सदैव रहने छन्।

संयम, धैर्यता, इमानदारिता नै सबै प्रकारका समस्याबाट बाहिर निस्कने शक्तिको स्रोत हो भन्ने हाम्रो सनातनमान्यता र हामीले विश्वास गर्दै आएका देवगण प्रतिको आस्थाबाट प्राप्तऊर्जालाई परम पूजनीयगुरुदेवको आशीर्वादले मूर्ततादिए कै कारण हामीलाई विगतको बस्तुगत मूल्याङ्कनगर्दै अब तय गर्नुपर्ने अगाडिको यात्राको दिशाबोध भएको समेत स–गौरव सार्वजनिकगर्न पाउँदाहामीलाई खुसीलागेको छ।
पुनश्च, उल्लेखित सबै प्रतिआभार। यहाँहरूको निरन्तर साथ र सहयोगको अपेक्षा रहने छ ।
धन्यवाद !

मितीः २०७८÷०९÷३०
आनन्द राजबतास
(अध्यक्ष)
बतास अर्गनाईजेशन