२०७९ भदौ १ , बुधवार

निर्वाचन आयोगमा आज सर्वदलीय बैठक

सुनाखरी न्युज/ काठमाडौं – निर्वाचन आयोगमा आज सर्वदलीय बैठक हुने भएको छ । आयोगको अगुवाइमा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभामा उपस्थित १७ दलबीच छलफल हुन लागेको हो ।

 

दिउँसो ११ बजेका लागि तय सर्वदलीय बैठकको मुख्य एजेन्डा स्थानीय तह निर्वाचन रहेको आयोगले जनाएको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको अवधि आगामी जेठ ५ मा सकिँदैछ । नेपालको संविधानमा स्थानीय तहको कार्यअवधि समाप्त भएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने प्रावधान छ ।

 

आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर वैशाखमा चुनाव मिति तोक्न सुझाव दिएका थिए । देउवाले अन्य दलसँग छलफल गरेर यसबारे निचोड दिने बताए पनि अहिलेसम्म निर्णय लिइसकेका छैनन् ।