२०७९ श्रावण २८ , शनिवार

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको सत्ताइसौं वार्षिक साधारणसभा सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं – सभामा आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष शशिराज पाण्डेले समिक्षा वर्षको अन्त्यमा कम्पनीले संकलन गरेको निक्षेप रु. ६ अर्ब २४ करोड र कर्जा सापट रु. ४ अर्ब ५८ करोड पुगेको तथा सम्पूर्ण कारोबार पछिको कम्पनीको खुद मुनाफा (बोनश तथा कर व्यवस्था पछि) रु. ११ करोड ४५ लाख भएको जानकारी साधारणासभालाई गराउनु भएको थियो ।

 

साधारणसभामा अनुमोदनको लागी पेश गरिएको हाल कायम रहेको च’क्ता प”ँजीको ११ प्रतिशत लाभाँश वितरण (बोनश शेयर ७.७०% तथा नगद लाभाँश ३.३०% ) सम्बन्धि प्रस्तावलाई सत्ताइसौं वार्षिक साधारणसभाबाट अनुमोदन गरियो । अनुमोदन पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी रु. ९५ करोड ८६ लाख ७५ हजार पुगेकोे छ । प्रतिवेदन प्रस्तुत गर्ने क्रममा अध्यक्षले विषम परिस्थितीको बावजुद पनि कम्पनीको व्यवसायीक कारोवार बृद्धि हुनुमा आफ्ना ग्राहकहरुसंगको निरन्तर सम्पर्क लगायत कर्जाको किस्ता तथा व्याज असुलितर्फ प्रभावकारी अनुगमन मुख्य रहेको बताउनु भयो ।

 

कम्पनीले २०७८ आषाढ मसान्तसम्म आफ्ना १३ वटा कार्यालयहरुबाट नेपाल राष्ट्र बैंकको निर्देशन परिधि भित्र रहि व्यवसायीक कार्य गर्दै नियामक निकायहरुको निर्देशनहरु प”र्०ा रुपमा पालना गरिएको जानकारी समेत सभालाई गराउनु भएको थियो । छलफलको क्रममा शेयरधनीहरुबाट उठाइएका विभिन्न प्रश्न तथा जिज्ञासाहरुको उत्तर अध्यक्षको अनुमतीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले दिनु भए पश्चात साधारणसभाबाट वित्तीय विवरण लगायत सभामा छलफलका लागी पेश गरिएका साधारण तथा विशेष प्रस्तावहरु सर्वसम्मतबाट पारित भएको थियो ।