२०७९ श्रावण ३० , सोमवार

सुनौलि नाका बाट बढदो स्पेयर पार्टस अवैध आयातले सरकारको राजस्वमा धक्का

सुनाखरी न्युज/ काठमाडौं – हम्रो देश नेपालभारतसंग खुल्ला सिमानाका कारण अवैध रुपमामाल सामान ओसार पसारहुनु कुनै नौलो कुरा होइन तर विगत केहि महिनायता यो क्रमह्रवातै बढेर गएकोछ जसको प्रतक्ष्य असर सरकारको राजस्वमा पर्ने देखिन्छ ।

 

विशेष रुपमा नेपालको मुख्यनाका मध्य एक सुनौलि नाका बाट अवैधरुपमा ठुलो मात्रामा गाडीमा लाग्ने पार्टसहरु भित्रिने गरेको पाइएको छ जसबाट राज्यलाई दिनहु ठुलोमा त्रामा राजस्व नोसानि पर्ने गएको देखिन्छ । अधिकारीक रुपमा गाडीमा लाग्ने पार्टसहरु भित्राउ‘दामुःअःकर सहित४३ % सम्म राजस्वबुझाउनु पर्ने हुन्छ तर यी सामान अवैध तवरबाट भित्रिदा सरकारलाई दैनिक लाखौको राजस्व नोक्सानि हुदै आइरहेको छ । जवकि सम्बधित निकाय मौन बसिदिदा यो क्रम दिनादुन बढदै गइरहेको छर ।भैरहवा क्षेत्रमा अटो पार्टस व्यवसाय गरि बसेका जमुना एण्ड सन्सका सञ्ंचालक अनुसार संबन्धित निकायले कुनै चासो नदिंदा दैनिक खपतको ६० %भन्दा बढी पार्टसहरु अवैधतवरले आयात भैइरहेका छन जसले अवैध आयातलाई प्रोत्साहन गर्नुका साथै सरकारको राजस्व संकलनमा पनि असर पुराएको छ ।

 

सुरु–सरुमा सिमाना आसपासमा मात्र यस्ता गतिविधि भए पनि हाल आएर यस्तो अवैध आयात रुपन्देही , कपिलवस्तु एंवनवलपरासी का सम्पुर्ण क्षेत्रसम्मविस्तार भएको बताउ‘छन् बुटवल मैनावगरमा अटो पार्टसको व्यवसाय गरि वसेको श्री कृष अटोमोवाइलका संचालक सुरज रेश्मी मगर तर संवन्धितनिकायभने यस्ता किसिमकाअवैध आयातलाई निरुतसाहित गर्ने कुनै ठोस पहलनगरेको पाइएको छ । यस संम्बन्धमा संम्बन्धितनिकायलाई बारम्बार अधिकारीक रुपमाजानकारी गराएपनि सम्बन्धितनिकायचुपलागेर बस्नु आश्चार्यकोविषयभएको बताउनु हुन्छ बुटवल इन्जिनियारिड. एसोसिएसनकाउपादक्ष्यश्री बाबु रामआचायले सरकारलाई दैनिकलाखौका नोक्सानिहुनु भनेका आखिर जनतालाई नै नोक्सानिहुनु होइन र ।

 

स्थानिय व्यापारीका अनुसार गाडी घनि स्वयंले सिमापारीका व्यपारीलाई सम्र्पक गनै र एजेन्टको सहयोगमा विभिन्न किसिमको सेटिङ्गमा ग्यारेज सम्म माल सामान उपलब्ध खुलेआम हुने गरेको हो जसले सरकारको राजस्वमाप्रतक्ष्य असर गरेको नै छ साथसाथै राज्यलाई कर तिरेर व्यवसाय संञ्चालन गरिरहेका स्थानिय व्यापारीहरु विस्थापितहुनुपर्ने अवस्थाआएको छ। यस्तो किसिबको भयावह स्थीतिआइसक्दापनि सम्बन्धितनिकायले नजर अन्दाज गर्नुले सो निकायको कार्यशेलिप्रति समेत प्रश्नचिन्ह खडा गरेकोे छ साथ –साथैसस्तो मुल्यको लोभमा सक्कलिभनिनक्कलि पार्टसको प्रयोग पनिव्यापक रुपमा बढदै गएको देखिन्छ । यस सम्बधमा सम्बधितनिकायले छिटो भन्दाछिटा ठोस कदम उढाएर अवैध किसिमकाआयातलाई पूण रुपमाबन्द गर्नु पनै अतिआवश्यक रहेको छसाथै भविष्यमा यस्ता किसिमकाकियाकलापलाई निरुतसाहित गर्न केन्द्र सरकारले यसमाविशेष ध्यान पुराउन जरुरी देखिएको छ।