२०७९ श्रावण २९ , आइतवार

ग्लोवल नेभिगेसन स्याटलाइट सिष्टम विषयको ४ दिने वैज्ञानिक कार्यशाला

सुनाखरी न्युज/ पोखरा – अन्तरीक्ष विज्ञान तथा जियोम्याटिक्स अध्ययन केन्द्र इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, पोखराको संयोजन तथा भौगोलिक सूचना विज्ञान अध्ययन केन्द्र टोक्यो विश्व विद्यालय, जापान एंव युनाइटेड नेशन अन्र्तगत ग्लोवल नेभिगेसन स्याटलाइट सिस्टम सम्बन्धी अन्तराष्ट्रिय समितिको सह–संयोजनमा पोखरामा ग्लोवल नेभिगेसन स्याटलाइट सिष्टम विषयको ४ दिने वैज्ञानिक कार्यशाला तथा तालिम मंगलबारदेखि सुरु भएको छ ।

 

प्रमुख अतिथि गण्डकी प्रदेश निति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले कार्यक्रमको उद्घाटन गर्दै नेपालको कृषि, यातायात, प्रविधि, पर्यटनका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने कार्यक्रमहरुको कार्यान्वयन र वैज्ञानिक क्षमता अभिवृद्धिका लागि राज्य स्तरबाट लगानी बढाई प्रोत्साहन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । ग्लोवल नेभिगेसन स्याटलाइट सिस्टम अन्तराष्ट्रिय समितिकी सदस्य सराफात ग्याडोनी र टोकीयो विश्व विद्यालय का प्रा.डा. दिनेश मानन्धरले आ–आफ्ना कार्यपत्र मार्फत अन्तरीक्ष सुचना पद्धति र जियोम्याटिक्स अध्ययन अनुसन्धानको माध्यमबाट विशिष्टी कृत कृषि प्रणाली, मत्स्य संकलन, दैवि प्रकोप नियन्त्रण तथा पूर्व सूचना एसएमएस पद्धति, दुरसञ्चार आदी क्षेत्रमा पु¥याउन सकिने योगदानहरुको बारेमा प्रकाश पारेका थिए ।

 

सो कार्यशालामा भर्चुअल माध्यमबाट अन्तराष्ट्रिय स्तरका वैज्ञानिकहरु चिनका वैज्ञानिक जिओचुन लु, भारतका वैज्ञानिक अखिलेश्वर रेड्डी, अमेरिकाका वैज्ञानिक जेफ और ज्याक तथा युरोपियन कमिशनका वैज्ञानिक डोमिनिक क्रेजले ग्लोवल नेभिगेशन स्याटलाइट सिस्टम अन्तर्गत आ–आफ्ना देशले संचालन गर्दै आएका पद्धतिहरु विउडो, नेभिक, जिपिएस तथा ग्यालेलियोको बारेमा प्रकाश पार्दै ति पद्धतिहरुले विभिन्न क्षेत्रमा पु¥याएको योगदानहरुको बारेमा चर्चा गर्नु भएको थियो । क्याम्पस प्रमुख निर्मलप्रसाद बरालले राज्य, विश्वविद्यालय र औधोगिक क्षेत्र बीचको सहकार्यबाट अनुसन्धानमुलक कार्यहरु राष्ट्रिय प्राथमिकताको आधारमा सम्पन्न गर्न सकिने बताए । पश्चिमाञ्चल क्याम्पसका सह–प्रा. डा. कृष्णराज अधिकारीले अनुसन्धानमुलक कार्यक्रमहरुलाई अगाडि बढाउँदै लैजानु पर्ने आवश्यकता रहेको वताए ।

 

उक्त वैज्ञानिक सम्मेलन तथा तालिम कार्यक्रमका संयोजक एंव अन्तरीक्ष विज्ञान तथा जियोम्याटिक्स अध्ययन केन्द्रका निर्देशक सह प्रा. डा. कृष्णप्रसाद भण्डारीले नेपालको सर्वत्तोमुखि विकासका लागि स्याटलााइट सिस्टम र जियोम्याटिक्स अध्ययन अनुसन्धानको महत्वमाथी प्रकाश पार्दै अध्ययन केन्द्रले कृषि, पर्यटन र पूर्वाधार विकास एंव पश्चिमाञ्चल क्याम्पसमा संचालन गर्दै आएको शैक्षिक क्रियाकलापहरुको वारेमा वताएका थिए ।

 

पश्चिमाञ्चल क्याम्पस जियोम्याटिक्स इन्जिनियरिङ विषयका विद्यार्थीद्धय दिपेश लामिछाने र आस्मा देवकोटाले संचालन गरेको उक्त कार्यक्रममा स्तात्तकोत्तर तहमा अध्ययनरत विधार्थीहरु, प्राध्यापकहरु, नापी कार्यालय पोखराका अधिकृतहरु लगायतका व्यक्तिहरुको उपस्थिति थियो ।