२०७९ श्रावण ३० , सोमवार

नेपाल क्लियरिङ्ग हाउसको दशौँ वार्षिक साधारण सभा सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं – नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आ.व. २०७७÷७८कोआफ्नो दशौँवार्षिक साधारण सभा सीमित शेयरहोलडरहरुको उपस्थितिमा नेपाल सरकारले लागु गरेको सम्पूर्ण कोभिडको प्रोटोकोलहरुकोपालना गरी अनलाइन र अफलाइन माध्यमबाट सम्पन्न गरेको छ ।

 

बैठकले कम्पनीकोचुक्तापूँजी रु.४१.१ करोडरहेकोमा ३८%बोनस शेयर वितरण गरी रु.५६.७६करोडपु¥याउनुकोसाथै अधिकृत पुँजी रु.१अर्ब पु¥याउनेनिर्णय गरेको छ।साथैबोनस शेयरको कर प्रयोजनका निम्ती २%नगदलाभांश पनि वितरण गर्नेनिर्णयगरेको छ।कम्पनीले पूँजीवृद्धी मार्फतभुक्तानी प्रणाली पूर्वाधारविकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने,जोखिम व्यवस्थापन लाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीचअन्र्तगतको हालकार्यान्वयनमा रहेको पूर्वाधार स्थापनागर्न उक्त पूँजी प्रयोग गर्नेछ ।

 

कम्पनीले सञ्चालन गर्दै आएकाभुक्तानी प्रणालीहरुको कारोवार शुल्कअत्याधिक रुपमा घटाएता पनिकम्पनीकोभुक्तानी कारोबारसं ख्यामा उल्लेख्य वृद्धी भएको रअघिल्लो आ.व.को ४ महिनामाकोभिड–१९को पहिलो लकडाउनमा कम्पनीले सम्पूर्ण कारोवारको शुल्कमा छुट दिएको कारण आ.व. २०७७÷७८माकम्पनीको खुदनाफा ३८%ले बृद्धी भएको छ छ । त्यसै गरी कम्पनीले कुलपूँजी तथा जगेडा कोषकोअनुपातमा ३१% बराबरको नाफा(Return on Capital Employed) प्राप्त गरेको छ जुन अघिल्लो वर्षको तुलनामा २%ले मात्र बृद्धी भएकोछ ।

 

बैठकले कम्पनीको सञ्चालक समितिमादुइजनानयाँ सञ्चालकहरु निर्विरोध चयन गरेको छ । बिकास बैंकलाई प्रतिनिधित्वगर्दै मुक्तिनाथविकास बैंकका सहायक नायबप्रमुख कार्यकारी अधिकृत  तिलबहादुर गुरुङ रफाइनान्स कम्पनीलाई प्रतिनिधित्वगर्दै रिलायन्स फाइनान्सकानायबप्रमुखकार्यकारी अधिकृत श्री समाजप्रकाशश्रेष्ठ निर्वाचितहुनु भएका छन् ।नेपाल राष्ट्र बैंकको१०%र बैंक तथावित्तीय संस्थाहरुको ९०%स्वामित्व रहेको यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंककातर्फबाट एक जना, वाणिज्य बैंककातर्फ बाट तीनजना, विकास बैंककातर्फबाट एक जनारफाइनान्स कम्पनीकातर्फबाट एक जना गरी हाल६ जनाप्रतिनिधीहरु रहेका छन् ।

 

कम्पनीले NCHL-ECC, NCHL-IPS/ connectIPS लगायतका भुक्तानी प्रणालीहरु मार्फत आ.व. २०७७÷७८ माकुल१३०.४३खर्ब बराबरको ४.४८ करोड भुक्तानी कारोबारहरु राफसाफगरेकोथियो । आ.व. २०७७÷७८ मा६० सदस्य बैंक तथावित्तीय संस्थाहरुका ५,७२८ शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदानगरिरहेकोछभनेकम्पनीमा ६२गैर–बैंकिङ संस्थाहरु Indirect/Technical Member को रुपमा आवद्ध छन् ।