सुनाखरी न्युज/ काठमाडौं – साताको कारोबारको तेस्रोदिन शेयर बजार उच्च अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) ४९.१९ अंकले बढेर २८३४.१३ विन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३२ कम्पनीको ७ अर्ब ७२ करोड ४५ लाख २६ हजार १९७ रुपैयाँ बराबरको १ करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर किनबेच भएका छन् । मंगलवारकारोबार रकममा पनि सुधार आएको छ । सोमवार ७ अर्ब १२ करोडको, आइतबार ७ अर्ब १० करोड १८ लाख बराबरको कारोबार भएको थियो ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये १ समूह्को परिसूचक राताम्मे भएको छ भने १२ समूहको परिसूचकमा हरियाली छाएको छ ।