२०७९ श्रावण २२ , आइतवार

शाओमीको आधिकारिक स्टोर बनेपा र बालाजुमा, नेपालमामीको स्टोर संख्या दोब्बर पार्ने लक्ष्य

सुनाखरी न्युज/ काठमाडौं – ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । पौष २१गते बुधबार बनेपा–६ को गोदामचोकमा आफ्नो नयाँ स्टोर खोलेको शाओमीले त्यसको केही दिनपछि हिजो बालाजु, नयाँ बसपार्कको बि.जि. मलमा पनि आफ्नो नयाँ स्टोर खोलेको हो ।

 

शाओमीले आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उद्धेश्य पुरा गर्न नेपालभरि नयाँ र आधुनिक स्टोरहरु खोल्ने योजनाबनाएको छ । शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, “यी नयाँ स्टोरहरु खुलेपछि हाम्रा ग्राहकहरु लाई किनमेल गर्न अझ धेरै सजिलो हुनेछ र सँग–सँगै हाम्रो सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्धेश्य पनि पुरा हुनेछ।हामीलाई आशा छ हाम्रा ग्राहकहरु हाम्रो यीनयाँ स्टोरहरुमा आउनुहुनेछ र हाम्रो नयाँ–नयाँ उत्पादनहरु मन पराउनुहुनेछ।”

 

यो मोडलले नेपालमा नयाँ र आधुनिक स्टोरहरु खोल्दै ग्राहकहरुलाई उच्चतम सुविधा प्रदान गर्ने शाओमीको उत्साह झल्काउँछ। यो नयाँ स्टोरमा सप्प्लाई चेन म्यानेजमेन्ट, उत्पादनको उपलब्धता र डेलिभरी मेजरहरु जस्ता सम्पूर्ण रिटेलको कामहरु मुख्य ब्रान्डको मातहतमा इन्टिग्रेट हुनेछन् । यी शाखाहरुको सम्पूर्ण रिटेल प्रक्रियाहरु शाओमी नेपालले हेर्ने हुनाले ब्रान्डको पारदर्शीता कायम हुन्छ। जसको फलस्वरुप मिको ग्राहकहरुले थुप्रै फाईदाहरु लिन सक्नेछन् । रिटेल प्रकृयाको हरेक चरणमा उनीहरुले ब्रान्डसँग सिधै अन्तरक्रिया गर्न पाउनेछन् । यसले गर्दा ग्राहक र ब्रान्डको सम्बन्ध अझै घनिष्ठ हुनेछ।