२०७९ श्रावण २८ , शनिवार

त्रिशुली अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु

सुनाखरी न्युज/ नुवाकोट – नुवाकोटको त्रिशुली जिल्ला अस्पतालको लापरवाहीले एक सुत्केरीको मृत्यु भएको छ ।

 

विदुर नगरपालिका वडा नम्बर -७ तुप्चेकी सुत्केरीको मृत्यु सोमबार मृत्यु भएको हो । न्युनतम सेवा मापदण्डमा उच्चचम अंक हासिल गरेको अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएसँगै सोमवार रातीदेखि त्रिशुली अस्पताल तनावग्रस्त बनेको छ ।

 

घटनाको दोषीलाई कारवाहीको माग गर्दै मृतकका आफन्तले त्रिशुली अस्पतालमा विरोध प्रर्दशन गरेका छन् । यसअघि अस्पतालको लापरवाहीको कारण पटक पटक गरि झण्डै आधा दर्जन सुत्केरीको मृत्यु भइसकेको छ । पुन: एकपटक तुप्चे कि सावित्रि कोईरालाले सोहि प्रकृतिको विरामि भई अस्पताल वसेको ३ दिन पछि गएराती अस्पताल र चिकित्सकको लापरवाहीको कारण मृत्युवरण गर्नुपरेको हो।