२०७९ श्रावण २७ , शुक्रवार

राष्ट्रपतिले गरिन् पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

सुनाखरी न्युज/ काठमाडौं – आज (मंगलबार) ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।

यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पुगेर पश्चिम गेटअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी छन् । यस्तै पर्यटनमन्त्री प्रेम आले र राप्रपाका पूर्वअध्यक्ष कमल थापा पनि माल्यार्पणका लागि सिंहदरबार पुगेका थिए । उच्चपदस्थहरू आउनेक्रम जारी छ ।

 

केहीबेरमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि माल्यार्पणका लागि सिंहदरबार जाँदै छन् । नेपाली सेनाले राष्ट्रपति भण्डारीलाई सलामी गारद अर्पण गरेको थियो । सैनिक टुकडीले पञ्चेबाजा बजाएको थियो । विस २०६३ देखि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सरकारले बिदा दिन कटौती गरे पनि २०७४ मा आएर बिदा दिइएको थियो । पुनः पछिल्ला वर्षमा बिदा हटाइएको छ ।