२०७९ श्रावण ३० , सोमवार

पछिल्लो २४ घण्टामा नेपालमा १४४६ नयाँ संक्रमित थपिए, २५५ जना निको भए

सुनाखरी न्युज/ काठमाडौं – पछिल्लो केहि दिनयता कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा नेपालमा १४४६ जना नयाँ संक्रमित थपिएका छन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १३५७ जना र एन्टिजन परिक्षण गर्दा ८९ जना गरि जम्मा १४४६ जना नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै, पछिल्लो २४ घण्टामा २५५ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या २ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ६०६ रहेको छ ।

 

पछिल्लो २४ घण्टामा ११ हजार ४२९ जनाले कोरोना परिक्षण गरेका थिए भने दुई लाख १० हजार ५९४ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ रहेको छ ।