२०७९ श्रावण २५ , बुधवार

सुनचाँदीको मूल्य घट्यो

सुनाखरी न्युज/ काठमाडौं – नेपाली बजारमा सोमबार सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलामा ३०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको हो ।

 

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य तोलाको ९१ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम गरिएको छ । आइतबार छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँ र तेजावी सुन ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आइतबार प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ रुपैयाँले घटेको छ ।

आजका लागि चाँदीको मूल्य तोलाको १ हजार २२० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।