२०७९ श्रावण २९ , आइतवार

अमेरिकाको एउटा अपार्टमेन्टमा आगो लाग्दा निसासिएर बालबालिकासहित १९ को मृत्यु

सुनाखरी न्युज/ काठमाडौं – अमेरिकाको न्यूयोर्कस्थित एउटा अपार्टमेन्टमा आगलागी हुँदा ९ बालबालिकासहित कम्तीमा १९ जनाको मृत्यु भएको छ।

 

 

घटनामा परी ५ दर्जनभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये १३ जना गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। १९ तले अपार्टमेन्ट भवनमा आगलागी आज बिहान सुरु भएको थियो। आगो नियन्त्रणका लागि २ सयभन्दा बढी अग्नी नियन्त्रकहरु पुगेका थिए। दोस्रो र तेस्रो तलाबाट आगलागी सुरु भएको र आगलागी नियन्त्रणमा आइसकेको न्युयोर्क सिटी फायर डिपार्टमेन्टले जनाएको छ ।अपार्टमेन्टको ढोका खुला गरिएपछि धुँवा हरेक तलामा फैलिएको थियो। पीडितहरु हरेक तलाको भर्‍याङमा भेटिएका थिए। कैयनलाई हृदयघात भएको थियो ।

 

 

मृत्यु हुने र बिरामी हुनेहरु अधिकांश धुँवाका कारण भएको जनाइएको छ । यसैबीच न्यू योर्कका मेयर एरिक यडम्सले घटनामा परि मृत्यु हुनेको सङ्ख्यालाई न्यूयोर्कमा ३० वर्षयताकै खराब भनेका छन्। विद्युतीय हिटरमा खराबी आएपछि आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ। एजेन्सी