२०७९ श्रावण २७ , शुक्रवार

नेपालमा लाइट डिउटी ट्रकको मार्केट र सम्भावना

सुनाखरी न्युज/ काठमाडौं – सामान्यतया ४ टन भन्दा कम लोड क्यापासिटी भएका ट्रकहरुलाई लाइट डिउटी ट्रक भानिन्छ। इतिहासलाई हेर्ने हो भने, १९ औं सताब्दी को अन्त्य बाट घोडा बिना संचालन गर्न मिल्ने मिनी ट्रकहरु संचालनमा आएको देखिन्छ।

 

२० औं सताब्दीको बीच तिर यो अझै परिस्कृत र झन् ब्यबसाहीक बन्न पुग्यो । यी ट्रकहरु कम लागतमै समान हरु ओसारपसार गर्न सक्ने भएकाले एकदम धेरै मानिसहरुको रोजाई बन्न पुग्यो। यी गाडीहरुको बारेमा सबैभन्दा राम्रो कुरा यो हो कि तिनीहरु व्याबहारिक छन्, आझै भन्ने हो भने यिनीहरु सक्तिशाली हुन्छन र नविन सुबिधाहरुले भरिएका हुन्छन । यी कम्प्याक्ट ट्रकहरु हेर्दा साना, बलियो र टिकाउ हुन्छन र उत्कृस्ट प्रदर्शन गर्छन ।

 

त्यसैले तिनीहरु विश्व भरिका ट्रान्सपोर्टहरु बीच अत्यधिक प्रसिद्ध छन् । नेपालमा पनि आगाडी देखिनै लाइट ट्रकहरु बिक्रि हुँदै आएको देखिन्छ, हाल नेपाली बजारमा विभिन्न ब्रान्डका विभिन्न लाइट ट्रकहरु बिक्रि भैरहेका छन् । अहिले बजारमा टाटाको, महिन्द्राको, आइसरको, एसएमएलको ले निकै चर्चा बटुलेका छन् भने फोटोनको Amurak बजारमा आउने हल्ला चल्न थालेको छ ।