२०७९ श्रावण २३ , सोमवार

महिलाहरुको निशुल्क स्वास्थ्य परीक्षण

सुनाखरी न्युज काठमाडौं ।
काठमाडौंको वालाजु स्थित जनमैत्री अस्पतालमा महिलाहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । स्थानिय समाजसेवी रिता श्रेष्ठ प्रधानका अनुसार शनिबार महिलाको पाठेघर लगायतका समस्याको निशुल्क परीक्षण गरिएको हो । त्यसक्रममा सय भन्दा बढी स्थानिय महिलाको सहभागिता रहेको थियो ।