२०७९ श्रावण २४ , मंगलबार

कोरोना अपडेट : पछिल्ल्लो २४ घण्टामा नेपालमा ११ सय ६७ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं – पछिल्ल्लो २४ घण्टामा नेपालमा एकैदिन १ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार पिसिआर परीक्षणबाट ८४१ र एन्टिजेन परीक्षणबाट ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार देशभर ६ हजार ७ सय ५५ जना कोरोनाका संक्रिय संक्रमित छन्। यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुई जनाले ज्यान गुमाएका छन्। काठमाडौं उपत्यकामा आइतबार ६१५ जना नयाँ संक्रमित थपिएका छन्। भने त्यसमध्ये काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना थपिएका हुन्।