२०७९ श्रावण २८ , शनिवार

उपत्यकाको भक्तपुरबाट बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

सुनाखरी न्युज/ काठमाडौं – सरकारले काठमाडौं उपत्यकामा पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ । उपत्यकाको भक्तपुर जिल्लाबाट आइतबारबाट मोर्डना खोप दिन सुरु गरिएको हो ।

 

यता, काठमाडौंमा भने २७ पुस (मंगलबार) देखि मात्र बालबालिकालाई खोप दिने तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले बताए । स्थानीय पालिकाहरुसँग समन्वय गरी काठमाडौं जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका २ लाख ७० हजार बालबालिकालाई खोप दिइने प्रमुख काफ्लेले जानकारी दिए ।

 

त्यस्तैगरी, ललितपुरमा पनि मंगलबारबाट नै बालबालिका लागि फाइजर खोप दिइने भएको छ । उपत्यकाका तीनवटै जिल्लामा बालबालिकालाई विद्यालयमै पुगेर कोरोना विरुद्धको खोप दिइनेछ । खोप शाखाका जनस्वास्थ्य अधिकृत भण्डारीकाअनुसार एक साताभित्र उपत्यकाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाइसक्ने योजना छ ।