२०७९ श्रावण २५ , बुधवार

मदिरा व्यवसायी संघ ललितपुरको वनभोज कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं – मदिरा व्यवसायी संघ ललितपुरको वनभोज कार्यक्रम सम्पन्न भएको छ । शनिवार आयोजना गरिएको उक्त वनभोज कार्यक्रम गोदावरीमा सम्पन्न भएको हो ।

 

वनभोजमा ललितपुर मदिरा व्यवसायी संघका सदस्यहरु सहित नेपाल मदिरा व्यवसायी महासंघका प्रतिनिधिहरु, सल्लाहकार, शुभचिन्तक, विभिन्न कम्पनीका प्रतिनिधिहरुको व्यापक उपस्थिति रहेको मदिरा व्यवसायी संघ ललितपुरका सल्लाहकार मुकुन्द महर्जनले जानकारी दिए ।

वनभोज विभिन्न प्रतियोगिताहरु सहित हर्षोल्लासको साथ सम्पन्न भएको समेत महर्जनले बताए ।

वनभोजले व्यवसायीहरुलाई आपसमा एकताबद्ध गराई सामुहिक भाव एवं आत्मीय सम्बन्ध स्थापनामा सहयोग गर्ने मान्यता सहित मदिरा व्यवसायी संघ ललितपुरले हरेक बर्ष बनभोज कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।