२०७९ श्रावण २९ , आइतवार

आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थीर

सुनाखरी न्युज/ काठमाडौं – आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थीर रहेकों छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य स्थीर रहेको हो ।

 

महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको भाउ तोलाको ९१ हजार ६०० रुपैयाँ तथा तेजावी सुनको भाउ ९१ हजार १०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २२५ रुपैयाँ तोकिएको छ । शुक्रबार पनि सुनचाँदीको कारोबार सोही मूल्यमा भएको थियो । शुक्रबार नेपाली बजारमा बिहीबारको तुलनामा सुन ७०० रुपैयाँले घटेर कारोबार भएको थियो ।