२०७९ भदौ १ , बुधवार

ग्रोथ सेलर्सको भगेनी संस्था उत्कृट

 

सुनाखरी न्युज/ काठमाडौं – ग्रोथ सेलर्सको भगेनी संस्था करपोरेट कल्व प्रा.लि. ले काठमाडौं स्थित द सोल्टी काठमाडौंमा The HRM Nepal Awards for Corporate Excellence and the HRM Nepal Awards for Distinguished Service 2021 समारोह सम्मपन्न भएको छ ।

नेपालको निजि क्षेत्रमा उत्कृट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखिय योजदान गर्ने संस्था तथा व्यक्तिहरुको सम्मान गर्नका लागि यस कार्यक्रमको आयोजना गरिएको हो । यस्ता कार्यक्रमले समाजमा सबैको मनोवल बलियो पार्नुको साथै समाजमा राम्रो काम गर्नका लागि प्रेरित र प्रोत्साहन पनि गर्दछ भन्ने मान्यता आयोजकको रहेको । आगामी दिनमा यस कार्यक्रमलाई विभिन्न क्षेत्रमा लागि पर्नु भएका सबैको साझा कार्यक्रम बनाउने विश्वासका साथ अधि वढिरहेका छौ भन्नेकुरा आयोजक कमिटिका अध्यक्ष मोहन ओझाले जानकारी गराउनु भयो ।

यस कार्यक्रमको तयारी पछिल्लो छ महिना देखि नै सुरुवात भएको थियो र निर्णयक मण्डलले यसमा पछिल्लो ५ महिना देखि अनवरत रुपमा कार्य सम्पन्न गर्नु भएको थियो सो निर्णयक मण्डल को नेतृत्व काठमाण्डौ युनिभरसिटि व्यवस्थापन संस्कायका पुर्व डिन प्रोफेसर डा. सुवाश के.सी हुनहुन्थो र अन्य निर्णयक सदस्यहरुमा पुणय प्रसाद न्यौपाने पुर्व सचिव नेपाल सरकार, प्रोफेसर डा. रिता श्रेष्ठ त्रिभुवन विश्वविद्यालय, त्यसैगरि सफल पार्टनरका सिं इ ओ ओषुतोश तिवारी पुर्व बैकर वर्षा श्रेष्ठ र पत्रकार मुकुल हुमागाइ हुनुहुन्थ्यो । यस समारोह मा सम्मानित हुने सम्पुर्ण व्यक्ति तथा संस्थाहरुको सम्पुर्ण विवरण र सम्माननिय प्रधानमन्त्रिले उदघाटन गर्नु भएको फोटो यसै साथ सम्लग्न गरिएको छ ।