२०७९ श्रावण २७ , शुक्रवार

दुई दिने स्वास्थ्य शिबिर सम्पन्न

सुनाखरी न्युज/ नुवाकोट – निरञ्जना भिलेज सोसाइटी को आयोजना तथा मनमोहन अस्पताल स्वयम्भू र दृष्टि आँखा अस्पताल कलंकी तथा दृष्टि आँखा केन्द्र बटार , नुवाकोट को सहयोग मा निरञ्जना उच्च मा बि , बेलकोटगढी नगरपालिका -१० , नुवाकोट मा दुई दिने स्वस्थ्य शिबिर भब्यता को साथ सम्पन्न भएको छ ।

 

सोसाइटी का अध्यक्ष तथा नेपाली काङ्रेस वडा सभापती प्रहलाद थपलिया ले हामिलाई जानकारी गराउँदै भन्नुभयो – “यो दुई दिने शिबिर मा बिशेषज्ञ डा. ले पाठेघर , नाक , कान , घाँटी , आँखा , पेट , छाला , हड्डी र बालरोग संग सम्बन्धित रोगको चेकजाँच , उपचार र औषधि वितरण गरेका छन । वडा का बिभिन्न राजनितिक दल संग सम्बन्धित व्यक्तिहरू , स्वास्थ्यकर्मी , स्वस्थ्य स्वयंसेबिक , समाजसेवी , ब्यबसायि, युवाहरु र बिभिन्न दाताहरुले सोसाइटी लाई भरपुर सहयोग गरेका छन । आज शिबिर मा आँखा ३७४ , सर्जरी ,बालरोग ,मेडिसिन, छाला , हार्डजोर्नी , दन्तरोग , स्त्री रोग , मनोरोग गरी ८३९ को स्वस्थ्य जाँच र औषधि वितरण गरिएको छ । सोसाइटी का अध्यक्ष ले यस कार्यक्रम लाई सहयोग गर्ने अस्पताल का डा. , नर्स , स्वयंसेविका लगायत सहयोगी संस्था लाई सम्मान तथा प्रमाणपत्र वितरण गरेको छ । यो सोसाइटी ले गरेको दोस्रो शिबिर हो । ”

 

विगत पन्द्र वर्षदेखि सोसाइटी मा आबद्ध युवाहरू नै रहेको नेपाली काङ्रेस वडा दश कमीटी ले गएको दशैं मा पनि स्वास्थ्य शिबिर भब्यताको साथ सफल पारेको जानकारी वडा दश का नवराज पाण्डे ले हामिलाई बताउनुभयो । सोही वडा मा शिबिर को पुर्ब बिहान सोही क्षेत्र लाई प्रतिनिधित्व गर्ने नेपाली काङ्रेस का माननिय सांसद तथा नव निर्बाचित केन्द्रीय सदस्य बाहादुर सिङ लामा को आतिथ्य मा श्री बालकुमारी आधारभुत बिधालय ,चिसापानि मा विद्यार्थी भाइबहिनी लाई न्यानो कपडा बितरण गरिएको थियो ।

 

गाउँ ठाउँमा यस्ता स्वास्थ कार्यक्रम भइरहोस् , कार्यक्रम जसले गरेपनि सबैको साथ सहयोग रहिरहोस र सबैलाई फाइदा पुगोस , वडा को बिकास र जनता को सेवा मा सबै जना एक हुन् र विकृत , बिसङ्गती को अन्त्य गर्न सबै सचेत र एकजुट बनुन ,स्वास्थ्य नै ठूलो धन हो र यो धन सञ्चित पारि जनता को ढुकुटी भर्ने सबै सबैलाई धन्यबाद ।