२०७९ श्रावण २७ , शुक्रवार

कोरोना अपडेटः थप ९४४ जनामा कोरोना संक्रमण

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालमा  पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६२ पीसीअर परीक्षणमा ६९६ र ३५०२ एन्टिजेन परीक्षणमा २४८ जना गरी ९४४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६, १४० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन ।

त्यस्तै २९७ जना संक्रमणमुक्त भएका छन् ।