२०७९ श्रावण २३ , सोमवार

कोरोना संक्रमणको त्रास बढ्यो, अस्पतालहरुलाई तयारी अवस्थामा रहन सरकारको निर्देशन

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन संक्रामक भएकाले थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै धेरै मानिस संक्रमित हुनसक्ने भन्दै सरकारले अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार  एक विज्ञप्ति जारी गरी अत्याधिक बिरामीको चापलाई थेग्न सक्ने गरी तयारी अवस्थामा रहन अस्पतालहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै सहि तरिकाले हात धुन, मास्कको प्रयोग गर्न, बारम्बार हात धुन तथा दुई मिटरको दूरी कायम गर्न समेत सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।

यसअघि नेपालमा तीन जनामा ओमिक्रोन संक्रमण पुष्टि भइसकेको छ । १ हजार १४६ पोजिटिभ नमुनाहरूको एसजिन स्क्रिनिङ गर्दा २५० वटा नमुनाहरूमा २२ प्रतिशत एसजिन नेगेटिभ पत्ता लागेका हो । एस जिन नेगेटिभ पत्ता लागेकामध्ये २४ नमूनाको जिन सिक्वेन्सिङ गर्दा सबै नमूनाहरुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले एस जिन स्क्रिनिङ गर्ने सुविधा वीर अस्पताल, निजामती कर्मचारी अस्पताल ९सिभिल०, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रदेश २ र भेरी अस्पतालमा रहेको जानकारी दिएको छ ।