२०७९ श्रावण २७ , शुक्रवार

सीईओ पद रिक्त भए तीन महिनाभित्र पदपूर्ति गर्न बिमा कम्पनीलाई समितिको निर्देशन

सुनाखरी न्युज/ काठमाडौं ।
बिमा समितिले कायममुकायम प्रमुख कार्यकारी अधिकृतको भरमा लामो समय बिमा कम्पनी चलाउन नपाउने गरी नयाँ निर्देशन जारी गरेको छ ।

कार्यकारी प्रमुख विनै दोस्रो वरियताको कर्मचारीलाई कार्यबाहक दिएर लामो समयसम्म संस्था चलाउन खोजिएको भन्दै बिमा कम्पनीहरुको नियमनकारी निकाय समितिले नयाँ निर्देशन जारी गरेको हो ।

संस्थागत सुशासन सम्बन्धी नयाँ व्यवस्था गर्दै समितिले अब प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद रिक्त भए तीन महिनाभित्रै पदपूर्ति गर्नुपर्ने व्यवस्था गरेको हो । यो व्यवस्था अनुसार अब तीन महिनाभन्दा बढी समय कामु सीईओ राख्न पाइने छैन ।