२०७९ श्रावण २७ , शुक्रवार

शीर्ष नेताबीच प्रधानमन्त्री निवासमा भेटवार्ता जारी

सुनाखरी न्युज / काठमाडौँ —सत्ता गठबन्धनमा रहेका प्रमुख दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रबार बिहान भेटवार्ता भएको छ । छलफलमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधवकुमार सहभागी छन् । स्रोतका अनुसार देउवालाई भेट्न पहिला नेपाल र पछि दाहाल पुगेका थिए ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताबीच भेटवार्ता भएको हो।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको प्रस्तावमा झलनाथ खनाल र नेपाल समूहका सांसदको रिटमा प्रयोग भएको हस्ताक्षर फिर्ता लिने प्रस्ताव अघि सारेपछि उत्पन्न आशंका मेट्न गठबन्धनका नेताहरु छलफलमा जुटेको बताइएको छ ।शीर्ष नेताबीचको छलफल अहिले पनि जारी रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

सभापति देउवाका सहयोगी भानु देउवाले प्रदेश २ र सुदूरपश्चिम सरकारबारे छलफल भएको बताए । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार विश्वासको मत लिँदैछन् । प्रदेश २ मा भने ओली सरकारमा सहभागी भएको जसपाको महन्थ ठाकुर(राजेन्द्र महतो पक्षका मन्त्रीहरुलाई मुख्यमन्त्रीले बखार्स्त गरेपछि कांग्रेससँग सत्ता साझेदारीका लागि वार्ता चलिरहेको छ ।