२०७९ श्रावण २९ , आइतवार

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा देशभर थप ५४० जनामा कोरोना संक्रमित, २७१ जना डिस्चार्ज, १ संक्रमितको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 

१२ हजार ९९ जनामा परीक्षणमा  गर्दा ५४० जनामा संक्रमण देखिएको छ। ७ हजारको पीसीआर परीक्षणमा ४७८ जनामा कोभिड १९ पोजिटिभ देखिएको हो। यस्तै, ४ हजार ८९० जनामा एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सोमबार २७१ जना डिस्चार्ज भएका छन् भने १ जनाको मृत्यु भएको छ।

उक्त समयमा देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ३० हजार ४८० र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार ४४५ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ८ लाख १३ हजार ४४७ जना निको भएका छन्। यस्तै हाल देशभर कोरोनाबाट ११ हजार ६०२ जनाको मृत्यु भएको छ।