२०७९ श्रावण २५ , बुधवार

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले ल्यायो ५० हजार रुपैयाँ पुरस्कार रासीको‘अल्ट्राफाइ टिकटक च्यालेन्ज’

सुनाखरी न्युज/ काठमाडौं – इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले ५० हजार रुपैयाँ पुरस्कार रासीको‘अल्ट्राफाइ टिकटक च्यालेन्ज’योजना सार्वजनिक गरेको छ ।

 

कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गर्दै सबै उमेर समूहले सहभागी जनाउन मिल्ने गरी च्यालेन्ज ल्याएको हो । प्रतियोगितामा सहभागी हुन रचनात्मक र मनोरञ्जनात्मक भिडियोको साथमा भायनेटको आधिकारिक टिकटक एकाउन्टमा भएको आवाज ट्र्याक गर्नुपर्ने छ । आवाज ट्र्याक गरेर अपलोड गरेको भिडियोले मात्रै च्यालेन्जमा प्रतिस्पर्धा गर्न सक्छ ।भायनेट ( कम्पनीको ) यो प्रतियोगिता फेब्रुअरी २८ सम्म खुला रहने छ ।

 

प्रतियोगितामा सहभागीमध्यबाट आएको सबैभन्दा रचनात्मक सामग्री भएको सहभागीले ५० हजार रुपैयाँ पुरस्कार जित्न सक्ने र यसमा सरकारले कर काट्ने बताइएको छ ।