२०७९ भदौ १ , बुधवार

स्रोत नखुलेको ३८ लाख रकमसहित युवक पक्राउ

सुनाखरी न्युज/ धनुषा – धनुषामा स्रोत नखुलेको रु ३८ लाख ३५ हजारसहित एक युवक आज पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा यादव नगराइन नगरपालिका–२ बाट स्रोत नखुलेको रकमसहित पक्राउ परेको प्रहरी नायब महानिरीक्षक गणेश ठाडाले जानकारी दिए ।

 

प्रदेश–२–०२००१प ०४८०८ नंको मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएर ल्याउँदै गरेको सो रकम प्रहरीले बरामद गरेको हो । क्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको छ । उनी हुण्डी कारोबारी हुनसक्ने प्रहरीको आशङ्का छ । रासस