२०७९ श्रावण २५ , बुधवार

झापामा ग्यास सिलिण्डर पड्किँदा एकको मृत्यु, १२ जना घाइते

 

सुनाखरी न्युज/ झापा – झापामा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ ।

 

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा झापा मेचिनगर ८ का ४५ वर्षिय सारद राजवंशी छन् । उनको उपचारका क्रममा एन्जल मेडिकल धुलाबारीमा मत्यु भएको हो । अन्य १२ जना घाइते भएको प्रहरीले जनाएको छ । पिपल चोक बस्ने केशब पाठकको घरमा आगलागी हुँदा आगो निभाउने क्रममा ग्यास सिलिण्डर पड्किँदा उक्त घट्ना भएको हो ।