२०७९ श्रावण २३ , सोमवार

राप्रपा लिखु गाउपालिका वडा नं ३,४ र ५ को वडा कार्यालय स्थापना

सुनाखरी न्युज/ नुवाकोट – राप्रपा लिखु गाउपालिका वडा नं ३,४ र ५ को वडा कार्यालय स्थापना भएको छ। राप्रपा पुर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो।

 

सवै वडाहरुमा पार्टीको झन्डोत्तलन गर्दै प्रमुख अतिथि डा.लोहनीले अहिलेका राजनीतिक दलहरुको मुलधार नै भ्रष्टाचार भएको र यसको निकासको निमित्त राप्रपा ससक्त ढंगले नया नेतृत्व सहित उपस्थिति भएको वताउदै राप्रपाको प्रतिको देशव्यापी जनसमर्थनले अन्य दलहरु तिलमिलाइरहेको वताउनु भयो। राजसंस्था सहितको हिन्दराष्ट्र राप्रपाको स्पस्ट मार्गचित्र रहेको वताउदै आगामी दिनमा राप्रपा आफ्नो मुलमुद्दा स्थापनार्थ शसक्त ढंगले आउने वताउनु भयो। नुवाकोटको समग्र विकासमा राप्रपाको उल्लेख्य योगदान रहेको चर्चा गर्दै विकासका अधुरा कामहरु पुरागर्न तयार रहेको वताउनु भएको छ।

 

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, प्रदेश समितिका प्रवक्ता, सदस्य हरु लगायतका नेता तथा कार्यकर्ता हरुको उपस्थित रहेको थियो ।

https://fb.watch/amacu2NQOX/