२०७९ श्रावण ३० , सोमवार

फेरि हिउँदे वर्षा सुरु, अबको चार दिन सचेत रहन मौसमविद्को आग्रह

सुनाखरी न्युज/ काठमाडौं – मंगलबार राति देखि नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण फेरि हिउँदे वर्षा सुरु भएको छ । देशको पश्चिमी क्षेत्र हुँदै भित्रिएको प्रणालीले बुधवार दिपायल संगै सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही ठाउँमा सामान्य वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

आजदेखि भने पश्चिमी न्यूनचापीय प्रणाली देशभर फैलिने र आउने शनिवारसम्म नै वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । आज राति देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो । आइतवारदेखि भने मौसम क्रमिक रूपमा सुधार हुँदै जानेछ ।

 

पश्चिमबाट भित्रिएको प्रणाली कमजोर बन्दै जाने भएकाले प्रदेश १ र २ मा भने अरू प्रदेशको तुलनामा वर्षा कम हुने महाशाखाले जनाएको छ । हिउँदे वर्षाका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात र दैनिक जनजीवनमा बढी असर पर्नेछ । अबका आउँदो चार दिन सचेत रहन र सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।