२०७९ श्रावण २९ , आइतवार

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा पक्राउ      

सुनाखरी न्युज/ काठमाडौं – चन्द्रागिरी नगरपालिका-७ स्थित सडकमा चेकिङमा खटिएको प्रहरी टोलीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा चितवन ईच्छाकामना गाउँपालिका-५ घर भएका २४ वर्षीय रोशन श्रेष्ठ र चन्द्रागिरी नगरपालिका-९ मच्छेगाउँ घर भएका ५४ वर्षीय केशव गोपाली रहेका छन् ।महानगरीय प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले जाँच गर्दा प्रदेश ३-०२-००४ प ४९७४ नम्बरको मोटरसाइकलका चालक रोशन र मोटरसाइकलमा सवार केशवले मादक पदार्थ सेवन गरेको पाइएपछि नियन्त्रणमा लिनेक्रममा प्रहरीलाई उक्त नगद दिई आर्थिक प्रलोभनमा पार्न खोजेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

 

उनीहरू उपर महानगरीय प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।