२०७९ श्रावण २३ , सोमवार

कोरोना अपडेट : देशभर थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि, २३९ जना निको, मृतकको सङ्ख्या शुन्य

सुनाखरी न्युज/ काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित बढ्दै गएको देखिएको छ ।

 

पछिल्लो २४ घण्टामा १० हजार २६७ जनामा कोरोना भाइरसको परीक्षण गर्दा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २३९ जना निको भएका छन् । भने पछिल्लो दिनमा कसैको कोरोनाबाट मृत्यु भने भएको छैन । हाल देशभर सक्रिय संक्रमित ५ हजार २२५ जना रहेका छन् भने त्यसमध्ये आइसोलेशनमा ३ हजार ७३ जना रहेका छन् ।